अर्थ मुख्य समाचार

भारतले चार सय नेपाली ग्यास बुलेट रोक्यो

भारतले चार सय नेपाली ग्यास बुलेट रोक्यो

असार ८ । भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् ।

नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो ।

ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका थिए ।

सबै कानुनी प्रक्रिया पुरा गरे पनि भारतले एक्स्प्लोसिभु विभागले एक्स्प्लोसिभ प्रमाण पत्र दिएको छैन ।

नागरिक

विशेष