समाज

कोरियन भाषा परीक्षाः छुटेकाको परीक्षा असार २१ देखि २९ सम्म, नतिजा असोज ११ गते

कोरियन भाषा परीक्षाः छुटेकाको परीक्षा असार २१ देखि २९ सम्म, नतिजा असोज ११ गते

असार – ९ । कोरिन भाषा परीक्षा दिनबाट बञ्चित झण्डै सात सय जनाको परीक्षा असार २१ देखि २९ सम्म आठ दिन सञ्चालन हुने भएको छ ।

गलत सूचनाका कारण जेठ २७ सञ्चालित २६ नम्बर परीक्षा केन्द्र एसियन इन्टिच्यूट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी खुमलटारमा करिव सात जना परीक्षार्थीले परीक्षा दिन पाएका थिएनन् ।

एचआरडी कोरिया इपिएस सेन्टर नेपालका अनुसार छुटेकाको परीक्षा कम्प्युटर प्रविधिबाट लिइने छ । कम्प्युटर मार्फत परीक्षा लिइने भएपछि परीक्षा लिन समय लाग्ने भएको इपिएस सेन्टरले जानकारी दिएको छ ।

सेन्टरलेले परीक्षा दिन छुटेका र गएको जेठ २७ र २८ गते परीक्षा दिएकाहरुको नतिजा एकै पटक साउन ११ गते सार्वजनिक गर्ने भएको छ ।

विशेष