खेल मुख्य समाचार

कन्फेडेशन कपमा जर्मनी र चिलीले बराबरी खेले, अर्को खेल पनि बराबरी

कन्फेडेशन कपमा जर्मनी र चिलीले बराबरी खेले, अर्को खेल पनि बराबरी


असार ९ । रुसमा जारी कन्फेडेरेशन कप फुटबल अन्तर्गत हिजो राती राति भएका दुबै खेल बराबरीमा सकिएका छन् ।

दुई दावेदार टोलीबीचको भिडन्तमा जर्मनी र चिलीले १–१ गोलको बराबरी खेले । चिलीका अलेक्सीस सान्चेजले पहिलो गोल गरेको खेलमा जर्मनीका लार्स स्टिण्डलले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

त्यस्तै हिजै भएको पहिलो खेलमा क्यामरुन र अस्ट्रेलियाले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा क्यामरुनका आन्द्रे एन्गुईसाले पहिलो गोल गरेका थिए । तर दोस्रो हाफमा पाएको पेनाल्टी अवसरमा अस्ट्रेलियाका मार्क मिलिगानले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

विशेष