हिमानी र पारसबीच फेरि माया गाढा हुन थालेको हो ?
असार–९ । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह पति–पत्नी भए पनि उनीहरुबीच सुमधुर सम्बन्ध छैन भन्ने चर्चा छ । हुन पनि यो दम्पत्तिसँगै नबसेको धेरै भयो ।
पारस लामो समय आफ्नी प्रेमिकासँग थाइल्याण्डमा बसे । श्रीमती हुँदा हुँदै पे्रमिकासँग बसेपछि कुन चाहीँ पत्नीलाई त्यो सह्य हुन्छ होला र ? पारस नेपाल आएपछि हिमानीले पारसलाई औपचारिकता भन्दा बढी निर्वाह नगरेको आँकलन गरिन्छ ।
यिनीहरु सार्वजनिक स्थानमा समेत सँगै देखिँदैन थिए । तर पछिल्लो समय पारस र हिमानीलाई विभिन्न कार्यक्रममा सँगै देख्न थालिएको छ । बिहीबार पारस, हिमानी छोरी पूर्णिका र पूर्वनवयुराज हृदेयन्द्र शाह दक्षिणकाली मन्दिरमा सँगै देखिए ।
पूर्वराजपरिवारले मंगलबार श्री जलविनायक, श्री गोपालेश्व तथा दक्षिणकाली मन्दीरको दर्शन गरेको थियो ।