मनोरञ्जन

सलमानले चलाएको कारमा ‘राम राम’ जप्दै चढ्छिन् उनकी आमा जान्नुहोस् किन ?

सलमानले चलाएको कारमा ‘राम राम’ जप्दै चढ्छिन् उनकी आमा जान्नुहोस् किन ?

असार १० । बलिउड अभिनेता सलमान खानकी आमा सलमा खानले एक अन्तवार्तामा बोल्दै सल्माले सलमानको ‘ड्राइभिङ स्कील’ मा प्रश्न उठाएकी छिन् । उनले सलमानले चलाएको गाडीमा आफूलाई बस्न डर लाग्ने बताइन् ।

उनले भनिन्, ‘जब सलमान गाडी चलाउँछन् , म उनीसँग बस्दिन ।’ त्यसै समय सलमानले बीचमै कुरा काटेर भने, ‘मम्मी जब म गाडी चलाइरहेको हुन्छु । तब तपाईँ मसँग किन बस्नुहुँदैन ? तपाई मेरो गाडी चलाउने प्रवृत्तिमा नराम्रो इम्प्रेसन दिँदै हुनुहुन्छ ।’

तब सलमाले जवाफ दिइन्,‘यस्तो होइन । सलमानलाई ट्राफीक सिग्नलमा रोक्न मन पर्दैन । उनी यताउता गर्दै जिग ज्याग पारामा गाडी चलाउँछन् र मलाई चक्कर आउँछ ।’ आमाको कुरालाई अझ विस्तृत रुपमा खुलाउँदै सलमानले सलमा उनीसँग गाडीमा बस्नेबित्तिकै राम राम जप्न थाल्ने बताए । उनीसँगमात्र नभएर अर्बाज र सोहिलसँग् पनि सलमाको हालत त्यस्तै हुन्छ ।

सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’ हिजो जुन २३ बाट रिलिज भइसकेको छ । सलमानसँग उनकी आमा सलमा खान पनि यस फिल्मकी निर्माता हुन् ।

 

विशेष