मनोरञ्जन

पहिलो निर्माणबाटै फ्लप ऋचा

पहिलो निर्माणबाटै फ्लप ऋचा

असार – १० । पछिल्लो समय नायक नायिकाहरु पनि फिल्म निर्माणमा धमाधम जुटिरहेका छन् । यसै भीडमा मिसिन आइन् नायिका ऋचा शर्मा । उनले आधा लभबाट फिल्म निर्माणमा हात हालेकी हुन् ।

ऋचालाई फिल्म निर्माणमा अभिनेता अर्पण थापाले पनि साथ दिएका थिए । तर, दुर्भाग्यवश फिल्मले दर्शकलाई भने हलसम्म तान्न सकेन । तसर्थ ऋचाले पहिलो फिल्म निर्माणबाटै ढुंगा चपाइन् ।

गएको महिना रिलिज भएको फिल्म ‘आधा लभ’ ले ऋचालाई मात्र फ्लप निर्मात्रीको रुपमा चिनाएन, अभिनेता अर्पण थापालाई पनि दोस्रो पटक फ्लप निर्देशकको संज्ञा दिलायो । यसअघि पनि थापाले फिल्म ‘मुखौटा’ निर्देशन गरेका थिए, जसमा हलसम्म पुग्र्ने दर्शकको खडेरी नै लागेको थियो । अहिले अर्पण र ऋचा फिल्म ‘आधा लभ’को प्रदर्शनका लागि अष्ट्रेलियामा छन् ।

विशेष