समाज

पोखराको एक लजमा फ्रान्सेली पर्यटक मृत भेटिए

पोखराको एक लजमा फ्रान्सेली पर्यटक मृत भेटिए

असार - १० । पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडको खहरेस्थित नमस्ते लजमा  फ्रान्सेली पर्यटक मृत भेटिएका छन् । लजमा ३० वर्षीय फ्रान्सोक इन्सिक क्रस्टियन मृत भेटिएका हुन् ।

गत सोमबारदेखि सो लजमा बसेका उनी बिहीबारसम्म बाहिर देखिएका थिए । शुक्रबारदेखि कोठाबाट बाहिर ननिस्किएको र कोठाबाट गन्ध आउन थालेपछि होटलका कर्मचारीले शनिबार बिहान कोठामा हेर्दा उनी भित्र झुन्डिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आफू बसेको कोठाको झ्यालमा रहेको फलामे डन्डीमा पासो लगाएर उनले आत्महत्या गरेको हुनसक्ने घटनास्थलको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ । घटनाकोबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

विशेष