गोर्खालीलाई भाडा माझ्ने जात भन्ने सीमा सुवेदी के ‘यौनकर्मी’ हुन् ?
असार ११ । गोर्खाल्याण्डको पक्षमा आफ्नो विचार राख्ने भारतीय महिला सीमा सुवेदी अहिले विवादमा आएकी छन् । उनले गोर्खाल्याण्डको आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहेको र भारतका गोर्खालीहरुको भाषा नेपाली भए पनि उनीहरु भारतीय भएको बताउने गरेका छन् ।
यो विषयमा उनले नेपालका मानिसहरुले चासो राख्न जरुरी नभएको बताएकी छन् । किनकी यो उनीहरुको आपसी मामिला हो । उनले नेपालबाट आफ्नो आलोचना भएकोमा पनि रोष प्रकट गरेकी छन् । उनले नेपालीहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरेकोमा पनि आपत्ति जनाएकी छन् । नेपालमा भूकम्प आउँदा भारतले पहिलो सहयोग गरेको जनाएकी छन् भने नेपालका मानिसहरुले भारतको विरोध गर्ने तर भाँडा माझ्न नेपाल आउने गरेको भन्दै आक्रोश जनाएकी पनि छन् ।
त्यसको जवाफमा कतिपयले उनलाई अशभ्य भाषामा यौनकर्मीको आरोप पनि लगाएका छन् । नेपालीलाई भाडा माझ्ने जात भन्ने सीमा सुवेदी के यौनकर्मी हुन् त ?
वास्तवमा सीमाको पहिचान भनेको उनी सन २०१६ मा मिसेस इन्डिया भएकी रहिछन् । भारतको असम राज्यको बाक्सा भन्ने जिललाको सउगपुरकी सीमाले मिसेस इन्डियाको ताज जितेकी थिइन । उनले आफू नेपाली भाषी भए गोर्खाली भएको बताउने गरेकी छन् । सीमा यौनकर्मी भएको कुनै औपचारिक विषय अहिलेसम्म बाहिर आएको भने छैन ।