मनोरञ्जन

यस्तो छ ‘ट्युबलाइट’ को पहिलो दिनको कमाई

यस्तो छ ‘ट्युबलाइट’ को पहिलो दिनको कमाई

असार ११ । शुक्रबारदेखि रिलिज भएको फिल्म ‘ट्युबलाइट’ ले बक्स अफीसमा राम्रै सुरुवात गरेको छ । तर, पछिल्लो ७ वर्षदेखि इदमा रिलिज भएका सलमानका फिल्महरुको तुलनामा यो सबैभन्दा छोटो ओपनिङ भएको बताइन्छ ।

स्रोतका अनुसार, ‘ट्युबलाइट’ ले पहिलो दिन २१ करोडको व्यापार गरेको छ । २०११ मा सलमान खानको फिल्म ‘बडिगार्ड’ पनि इदको दिन रिलिज भएको थियो । ‘ट्युबलाइट’ को तुलनामा ‘बडिगार्ड’ लाई बढि ओपनिङ मिलेको थियो । यस फिल्मले बक्स अफीसमा २१.६ करोडको कमाइ गरेको थियो । २०११ मा उक्त फिल्म सार्वधिक ठूलो बक्स अफीर ओपनर थियो ।

 — एजेन्सी

tubelight

विशेष