मुख्य समाचार

यस्तो आयो कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड

यस्तो आयो कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड

असार ११ । सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड)मा सामान्य परिवर्तन गरेको छ ।

शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्न विगतमा लागू गरिएको स्तरीकृत अङ्क (जिपिए)का आधारमा सामान्य परिवर्तन भएको हो । कक्षा ११ र १२ को सम्बन्धन प्राप्त सबै माविले नयाँ निर्णयनुसार भर्ना गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमका अनुसार न्यूनतम जिपिए २ ल्याएकाहरुले विज्ञान समूह पढ्न पाउने तर त्यस्ता विद्यार्थीले विज्ञान र गणितमा सी प्लस तथा अङ्ग्रेजी, नेपाली र सामाजिक अध्ययनका लागि समग्रमा डी प्लस ल्याउनुपर्ने विगतको मापदण्ड यथावत् छ भने आमसञ्चारलगायत केही विषयमा विज्ञान र गणितमा सी प्लस ल्याउनुपर्ने प्रावधान हटाइएको छ ।

यस्तै अर्थशास्त्र, शिक्षा, अङ्ग्रेजी, नेपाली, गणित, भूगोल, लेखा आदि र प्राविधिक विषय पढ्न न्यूनतम जिपिए १.६ ल्याउने विद्यार्थीले कक्षा ११ भर्ना हुन पाउनेछन् ।

Grade 11

विशेष