मुख्य समाचार

असार १३ गते कोरियन भाषा परिक्षाको नतिजा नहुने

असार १३ गते कोरियन भाषा परिक्षाको नतिजा नहुने

असार ११ । ईपीएस शाखाका अनुसार आठौँ कोरियन भाषा परीक्षा(इपीएस) को नतिजा ढिलो सार्वजनिक हुने भएको छ । असार १३ गते हुने भनिएको नतिजा साउन १९ गते हुने भएको हो ।

प्राविधिक कारण परीक्षा दिन छुटेका विद्यार्थीको पनि परीक्षा लिएर सँगै नतिजा सार्वजनिक गर्न लागिएको हुँदा नतिजा आउन ढिलो हुने बताइएको छ ।
परीक्षामा करिब ६७ हजार दुई सय ८६ जनाले यसअघि नै परीक्षा दिइसकेका छन् । सन् २०१८ मा कोरियाले नेपालबाट १० हजार दुई सय कामदार लाने छ । यसमा कृषि क्षेत्रमा ६ हजार दुई सय र उत्पादनमा चार हजार जना कोरिया जाने छन् ।

 

विशेष