मनोरञ्जन

अभिषेकसँग पनि इन्गेजमेन्ट गरेकी करिश्मालाई मागी विवाह नफापेपछि...

अभिषेकसँग पनि इन्गेजमेन्ट गरेकी करिश्मालाई मागी विवाह नफापेपछि...

बलिउड अभिनेत्री करिश्मा कपूर आज(आइतबार) ४३ वर्षकी भएकी छिन् । २५ जुन १९७४ मा करिश्माले बिजनेसमेन संजय कपूरसँग् मागी विवाह गरेकी थिइन् । यो करिश्माको पहिलो र संजयको दोस्रो विवाह थियो ।

संजयसँगको विवाह गरेसँगै दुईवटा बच्चालार्ई जन्म दिएपछि संजय र करिश्मा सन् २०१६ मा अलग्गिए । भारतीय मिडियाले जनाएअनुसार करिश्माको पहिला अभिषेक वच्च्नसँग इन्गेजमेन्ट भएको थियो । अमिताभ वच्च्नको ६० औँ जन्मदिनको अवसरमा उनीहरुको यन्गेजमेन्ट भएको थियो । त्यसको एक वर्षमै उक्त इनगेजमेन्ट पनि टुट्यो ।

उनीहरुको इनगेजमेन्टबारे वच्चन परिवारले भने केही पनि बोलेका छैनन् । करिश्माकी आमा बबितालाई अभिषेक मन नपरेका कारण उक्त सम्बन्ध टुटेको खबरहरु पनि मिडियामा छाएको थियो । अभिषेकसँग इन्गेजमेन्ट टुटेको एक वर्ष भित्रमा नै करिश्मा र संजयको विवाह भएको थियो ।
— एजेन्सी

Karishma Kapoor

विशेष