समाज

२० हजारलाई उद्घोषण कला सिकाइसकेका भागिरथ

२० हजारलाई उद्घोषण कला सिकाइसकेका भागिरथ

असार ११ । ‘कुन बोलीमा रस हुन्छ कुन बोलीमा रिस’ भन्ने गीत निकै लोकप्रिय छ । बोलीमा रिस होइन रस भर्न, शब्दमो मिठास भर्न र उपयुक्त ठाउँमा उपयुक्त विषय बोल्ने पनि एक कला हो । त्यो कला सिकाउने काठमाडौंमा धेरै प्रशिक्षण केन्द्रहरु छन् । अनगिन्ती प्रशिक्षकहरु पनि छन् । ति मध्येका एक हुन भागिरथ कुमार पोख्रेल । पोख्रेलले अहिलेसम्म २० हजारलाई यो कला सिकाइसकेका छन् ।

काठमाडौको बागबजारमा अनएअर मिडिया प्राली खोलेर प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेका पोख्रेल यस क्षेत्रमा १६ वर्षदेखि क्रियाशील छन् ।
उनले सिकाएका धेरैले अहिले टेलिभिजन, रेडियोमा उदघोषक, कार्यक्रम सञ्चालक भएर काम गरिरहेका छन् । राम्रो उद्घोषणको कला भएकाहरुले टिभी रेडियोमै काम गर्नुपर्छ भन्ने पनि छैन । औपचारिक, म्युजिकल कन्सर्ट आदिमा पनि उद्घोषकको माग हुने गर्छ । यस्ता कार्यक्रमहरुमा उद्घोषकहरुले राम्रो पारिश्रमिकसमेत पाउने गर्छन् ।

प्रशिक्षक पोख्रेल भन्छन्, ‘बोलिमा रस भर्न सिकाउने यस्तो तालिम जो कोहीले पनि लिन सक्छन् ।’  पोखे्रललाई हालै सम्वाद क्लब नेपालले सम्मानसमेत गरेको छ ।

विशेष