उमेर ढल्किसक्यो, फिल्म फ्ल्पबाहेक हुँदैनन्, तै पनि रेखा फिल्म बनाउनतिर
असार ११ । जसै रेखा थापा नेकपा माओवादी केन्द्र छाडेर राप्रपामा प्रवेश गरिन् । राजनीतिक सक्रियता ह्वात्तै बढ्यो । पार्टी महाधिवेशन अनि स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा देश दौडाहामा निस्किइन् ।
उनको फेसबुक वाल हेर्दा लाग्थ्यो, उनी फिल्मी अभिनेत्री कम, राजनीतिक नेता ज्यादा लाग्थिन् । दुर्भाग्य ! प्रदेश नम्बर ३, ४ र ६ मा राप्रपा नेपालको कन्तबिजोेक भयो । यता, फलाँस र डायरी फिल्म फ्ल्प भए ।
दोहोरो नोक्सान बोहोरेपछि रेखाले राजनीति रोज्छिन कि फिल्म ? शंका उठिरहेका बेला उनले दोस्रो विकल्प रोजेकी छन् । यस फिल्मको उनी हिरोइन मात्र होइनन् । निर्मात्री पनि हुन् । त्यसमाथि सात वर्षपछि आर्यन सिग्देलसँग रोमान्स गर्ने संयोग जुरेको छ । यनि राजनीतिबाट विश्राम लिनु परेन र ?