देश

ट्रक र माईक्रो एक आपसमा ठक्कर खाँदा २ को मृत्यु, ७ जना घाइते

ट्रक र माईक्रो एक आपसमा ठक्कर खाँदा २ को मृत्यु, ७ जना घाइते

असार – १२ । सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा ट्रक र माईक्रो एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

काठमाण्डौबाट धरानतर्फ जाँदै गरेको बा ३ ख ८६६८ नम्बरको माईक्रो र बिपरित दिशाबाट आउँदै गरेकोे बा २ ख २७४१ नम्बरको ट्रक आज बिहान एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।

दुर्घटनामा परि माईक्रोमा सवार मोरङ्ग लेटाङ्ग बस्ने ५० वर्षीया जलता सरी राई र सुनसरी ईनरुवाकी ४५ वर्षीया मन्जु काफ्लेको मृत्यु भएको हो । दुर्घटनामा परि घाईते भएका सबैको सप्तऋषि अस्पताल लाहानमा उपचार भईरहेको छ ।

दुर्घटना पश्चात माईक्रो चालक फरार रहेकाले खोजतलास भईरहेको छ भने ट्रक चालकलाई इलाका प्रहरी कार्यालय कडोरवानाले नियन्त्रणमा लिएको छ ।

विशेष