जमुनहा नाका आज बिहान ७ बजेदेखि बन्द
असार - १२ । दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर नेपाल–भारत सीमा जमुनहा नाका आज बिहान ७ बजेदेखि बन्द गरिएको छ ।
केही आपत्कालीन सेवा र पैदल आवागमनबाहेक मतदान नसकिएसम्म सिमाना पूर्णरुपमा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए ।
केही दिनअघि नेपालगन्जमा भएको दुई देशका सुरक्षा प्रमुखको बैठकले गरेको निर्णयअनुसार निर्वाचनको ४८ घन्टाअघिदेखि सीमा नाका बन्द गरिएको हो ।