खेल

नेपाल स्ट्रोम ४ विकेटले विजयी

नेपाल स्ट्रोम ४ विकेटले विजयी

असार – १२ । एसियन क्लब प्रिमियर लिग (एसीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले इन्डियन स्टार्सलाई ४ विकेटले हराएको छ ।

प्रतियोगितामा अपराजित रहेको नेपाल स्ट्रोमले सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आफ्नो तेस्रो खेलमा इन्डियन स्टार्सलाई ४ विकेटले पन्छाएको हो ।

सोमबारको खेलमा टस जितेर नेपाल स्ट्रोमले फिल्डि रोजेसँगै पहिले ब्याटिङको निम्तो पाएको इन्डियन स्टार्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । जवाफमा नेपाल स्ट्रोमले १६ दशमलब २ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।

विशेष