मनोरञ्जन

सलमान भन्छन्, ‘मायाको विश्वास लाग्दैन, विवाह पैसाको बरबादी हो’

सलमान भन्छन्, ‘मायाको विश्वास लाग्दैन, विवाह पैसाको बरबादी हो’

असार – १३ । बलिउड अभिनेता सलमान खान सधैँ आफ्नो विवाहको कुरालाई लिएर चर्चामा आइरहेका हुन्छन् । यसका साथै बेलाबेलामा आफ्नी कथित प्रेमीका लुलीया भान्तुरसँगको सम्बन्धलाई लिएर पनि उनी चर्चामै हुन्छन् ।

तर, एक अन्तर्वातामा बोल्दै सलमानले आफूलाई मायामा विश्वास नलाग्ने र विवाह भनेको पैसाको बर्बादी भएको बताएका छन् । सलमानले भने, ‘म मायामा विश्वास राख्दिन । दुनियाँमा सबैभन्दा ठूलो कुरा नै जरुरत भएको छ । कसको जरुरत कसलाई र कतिबेला भन्ने कुराले बढि प्राथामिकता पाएको छ ।’

यसका साथै सलमानले आफू सेक्स र विवाहको मामलामा निकै टाढा रहेको बताएका छन् । यतिबेला सलमान अभिनित फिल्म ‘ट्युबलाइट’ रिलिज भएको छ । फिल्मले दर्शकबाट सलमानको अन्य फिल्मले जति राम्रो प्रतिक्रिया भने पाएको छैन ।

विशेष