मनोरञ्जन

‘मेरी कोम’ गुरु सुनिल थापा ‘शेरबहादुर’ बन्ने

‘मेरी कोम’ गुरु सुनिल थापा ‘शेरबहादुर’ बन्ने

असार १३ । अभिनेता सुनिल थापा शेरबहादुर बन्ने भएका छन् । तर, देशका प्रधानमन्त्री शेरबहादुर देउवा भने होइन । यो नाम एउटा संयोगमात्र बन्न पुगेको हो ।

आज(मंगलबार) राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘शेरबहादुर’ को शुभ मुर्हत गरिएको छ । धेरैले उक्त फिल्म प्रधमनमन्त्री शेरबहादुर देउवाको जीवनकथामा आधारित हुने बताएका छन् । तर, त्यसो नभएको अभिनेता थापाको भनाइ छ । फिल्ममा शेरबहादुर नाम गरेको पात्रको जीवनमा घट्ने घटनालाई आधार बनाइने बताइएको छ ।

सुनिल थापालाई नेपाली फिल्मी जगतमा ‘राते काइला’ नामले समेत चिन्ने गरिन्छ । त्यसमाथि पनि बलिउड फिल्म ‘मेरी कोम’ मा काम गरेपछि उनलाई बक्सर गुरु भनेर पनि चिन्ने गर्छन् । यो फिल्ममा शेरबहादुरको भूमिका पनि उनैले निभाउने भएका छन् ।

फिल्मको १० प्रतिशत भागमात्र आउट डोरमा खिचिने छ भने बाँकी छायाँकन भव्य सेट तयार पारेर खिचिने बताइएको छ ।

गौरशंकर धुजुको निर्माणमा बन्न लागेको उक्त फिल्ममा कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहने बताइएको छ । फिल्मलाई आर राजवंशीले निर्देशन गर्दै छन् ।

Sunil Thapa

विशेष