देश

रुम खोला लघु जलविद्युत् परियोजना बन्द, कारण यस्तो

रुम खोला लघु जलविद्युत् परियोजना बन्द, कारण यस्तो

असार - १३ । बाढीले विद्युत्गृह र नहरमा क्षति पु¥याएपछि म्याग्दीको मालीका गाउँपालिका–१ मा रहेको रुम खोला लघु जलविद्युत् परियोजना बन्द भएको छ ।

दरवाङ निस्कोट सडकबाट सोमबार राति आएको बाढीले ५१ किलोवाट क्षमताको परियोजनाको विद्युत्गृह र नहरमा क्षति पु¥याएको छ । विद्युत्गृहभित्र बाढी पसेको छ भने ५० मिटर नहर बाढीले पुरेको नेपाल रेडक्रस सोसाइटी फूलबारी उपशाखाका सभापति कमलनाथ शर्माले जानकारी दिए ।

परियोजना बन्द हुँदा निस्कोट, डाँडागाउँ, फूलबारी, महभिर, अदिभारा र दरवाङका करिब ५०० घरमा विद्युत् आपूर्ति बन्द भएको सभापति शर्माले बताए। सडक निर्माणका क्रममा माटो व्यवस्थापन र ढल निकासका लागि नाली नबनाउँदा बाढी आएको स्थानीय बासिन्दाको भनाइ छ ।

सोही सडकबाट आएको बाढीले मालिका–१ घोर्सेका मानसिङ सापकोटा र गणेश पुनको घर जोखिममा परेको छ । मुक्ति पुन, छविलाल पुन, धनपति सापकोटा र हरदक्त आचार्यको धानखेत तथा भीमविक्रम मल्लको सुन्तलाबारी सडकबाट आएको बाढीले पुरिएको छ ।

यसैगरी बस्ती माथि खनिएको सडकका कारण पहिरो खस्न थालेपछि मालिका गाउँपालिका–३ अदिभाराका दुई घर जोखिममा परेका छन् ।

 

विशेष