समाज

वातावरण सन्तुलित गर्न पहाडी साना किसानका लागि अनुकूलन आयोजना

दीपबहादुर घर्ती

वातावरण सन्तुलित गर्न पहाडी साना किसानका लागि अनुकूलन आयोजना

असार - १३ । बाताबरण सन्तुलित गर्न जाजरकोट जिल्लामा पहाडी साना किसानका लागि अनुकुलन आयोजना सञ्चालन हुने भएको छ । जैविक बाताबरणलाई सन्तुलित गरी साना किसानहरुलाई अनुकूलित गर्न अनुकूलित गर्न आयोजना सञ्चालन हुने भएको हो ।

स्थानिय स्तरको जलवायु जन्य सङ्कटासन्नता न्यनिकरण गर्न, जलवायु परिवर्तन अनुकुलनका लागि अनुकूलित संस्थागत वातावरणको सवलिकरण गर्न पहाडी साना किसानका लागि अनुकुलन आयोजना सञ्चालन भएको पहाडी साना किसानका लागि अनुकूलन आयोजना संयोजक पशुपतिनाथ कोईरालाले वताए । आयोजनाले जलवायु जन्य प्रकोपहरुवाट जोखिममा परेका ग्रामीण पहाडी क्षेत्रको गरिवी न्युनिकरण गर्ने संयोजक कोईरालाले विश्वास दिलाए ।

पहिलो चरणमा कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रोल्पा र रुकुममा सञ्चालन भएको आयोजनाले स्थानिय स्तरको जलवायु अनुकूलन संरचना सुदृढीकरण गर्न, सङ्कटासन्न साना किसानको जलवायु समानुकुलनमा सुधार गर्ने संयोजक कोईरालाले ठोकुवा गरे ।

कृषि बिकासका लागि अन्तरराष्ट्रिय कोष (आईफाड) को आर्थिक अनुदान सहयोगमा सञ्चालन हुने आयोजनाको नेतृत्व नेपाल सरकार, वन तथा भुसंरक्षण मन्त्रालयले गर्ने जनाईएको छ । ६ वटा जिल्लामा सञ्चालन हुने आयोजनाको कुल वजेट ३७ दशमलव ६ मिलियन अमेरिकी डलर रहेको आयोजना संयोजक कोईरालाले जानकारी दिए ।

जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढदै गएको जलवायु विज्ञ एन्जीला मिश्रले वताईन् । उनले सन् १९१५ मा पृथ्वीको औषत तापक्रम १५० सेल्सियस, सन् १९४५ मा पृथ्वीको औषत तापक्रम १५.२० सेल्सियस र सन् २००० मा पृथ्वीको औषत तापक्रम १५.८० सेल्सियस रहेको जानकारी दिईन् ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका, त्रिवेणी नगरपालिका, छेडागाड नगरपालीका, जुनीचाँदे गाउपालिका र कुशेगाउँपालिकामा पहाडी साना किसानका लागि अनुकुलन आयोजना सञ्चालन हुने आयोजना जिल्ला संयोजक बलराम पौडेलले जानकारी दिए । जाजरकोट जिल्लाका शिवालय गाउँपालिकाको जुगाथापाचौर, छेडागाड नगरपालिकाको सुवानाउली र पजारु, भेरी नगरपालिकाको भुर, त्रिवेणी नगरपालिकाको लहँ जलवायु परिवर्तनको उच्च जोखिममा रहेको संयोजक पौडेलले वताए ।

मंगलवार जिल्ला सदरमुकाम खलंगामा आयोजित गोष्ठीमा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले आयोजना सफलताको कामना गरेका थिए । आयोजनाले साना किसानहरुका लागि ठुलै लाभ दिने प्रजिअ पौडेलले वताए ।

जिल्ला समन्वय समितिले गाउँ–गाउँ र घर–घर सम्म मोटरवाटो पनि पुर्याई दिनु पर्ने तर, मोटरवाटो खन्दा क्षेती भएको जग्गाको क्षेतिपुर्ती पनि जिल्ला समन्वय समितिले तिर्नु पर्ने जाजरकोट जिल्लामा देखिएको विकास मोडेल भएको वताउदै स्थानिय विकास अधिकारी रुद्रप्रशाद पण्डितले भने–“विकासे कार्यालयले गाउँमा खानेपानी आयोजना पनि दिनु पर्ने र खानेपानी आयोजनाको लाईनमा रहेका पाईप, खानेपानी टयाङकीको संरक्षण पनि सरकारी कार्यालयले नै गर्दिनु पर्ने अबस्था रहेको छ ।”

जलवायु परिवर्तनको असरलाई सन्तुलित गर्न हिमाल तथा पहाडका टुपोहरुमा ताल तलयाहरु निर्माण गर्नु पर्ने विचार राख्दै स्थानिय विकास अधिकारी पण्डितले भने–“विकसित देशहरुले उत्पादन गरेको हरितगृह ग्याँसको असरले गर्दा त्यसको मारमा हामी नेपालीहरु परिरहेका छौं ।” हरियालीपुर्ण बनस्पतिद्धारा कार्वनडाई अक्साईड, मिथेन र नाईट्रस अक्साईड जस्ता विसाक्त ग्याँसहरुलाई सन्तुलित गर्न सक्ने वताए ।

विशेष