खेल

आइसीसी च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डले बंगलादेशलाई हरायो

आइसीसी च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डले बंगलादेशलाई हरायो


जेठ १९ । इंङल्याण्डमा जारी आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो खेलमा आयोजक इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ ।

टस हारेर बंगलादेशले दिएको ३ सय ६ रनको लक्ष्य इंग्ल्याण्डले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गरेको छ । इंग्ल्याण्डलाई जिताउन जोय रुटले १ सय २९ बलमा नटआउट १ सय ३३ रन बनाएका थिए ।

ईङल्यान्डका लागि एलेक्स हेल्सले ८६ बलमा ९५ रन, इयान मोर्गनले ६१ बलमा नटआउट ७५ रनको योगदान गरेका थिए । खेलको म्यान अफ द म्याच ईङल्यान्डका जोए रुट बनेका छन् । समुह ए मा रहेको ईङल्याण्डले यो जितसँगै महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

आज समुह ए अन्तर्गत नै अस्ट्रेलिया र न्युजील्याण्डबीच खेल हुने छ ।

विशेष