मुख्य समाचार

बर्दियामा चुनावः पानी परे पनि ‘नो टेन्सन’

बर्दियामा चुनावः पानी परे पनि ‘नो टेन्सन’

असार १४ । मतादन भइरहेको बेला वर्षात भए पनि बर्दियामा भने खास फरक पर्दैन । किनकी अधिकांश मतदानस्थल कोठोभित्र राखिएका छन् । जसका कारण पानी परे पनि फरक पर्ने अवस्था छैन ।

बर्दियामा कायम गरिएका अधिकांस मतदान स्थलहरु विद्यालय लगायत सार्वजनिक भवनहरुमा व्यवस्थापन गरिएकाले मतपेटिकाहरु पानी परे पनि कुनै असर नपुग्ने मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले बताए । उनले भने, ’बर्दियामा १ सय ५३ मतदान स्थल अन्र्तगत ३ सय १४ मतदान केन्द्र रहेका छन् द। भवन नभएका मतदान स्थलहरुमा त्रिपाल टाँगेर भएपनि पानी रोक्ने प्रवन्ध गरिएको उनले स्पष्ट पारे । सवै मतदान स्थल अपाङ्ग, महिला, बृद्ध लगायत अशक्त मैत्री रहेको मुख्य निर्वाचन अधिकृत शर्माले जानकारी दिएका छन् ।


बर्दियाका सवै स्थानीय तहहरुमा शान्तिपूर्ण वातावरणमा मतदान भैरहेको जनाईएको छ। यतिखेर बर्दियाको गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बाह्रुबर्दिया, बाँसगढी नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा मतदान भैरहेको छ। लामो समयको अन्तराल पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा आफ्नो मत जाहेर गर्न मतदाताहरु लाईनमा पर्खेर वसेका छन्।

विशेष