आधा दिनमा ३३ प्रतिशत मत खस्यो
असार १४ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं। १, ५ र ७ मा ३३ प्रतिशत मतदान भईसकेको छ । निर्वाचन आयोगका अनुसार १४ असार विहान साढे ११ बजेसम्म एक तिहाई मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।
आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र जेइओसीमा प्राप्त विवरण अनुसार हालसम्म सोलुखुम्बुमा ६० प्रतिशत, भोजपुरमा ५० प्रतिशत र खोटाङमा ५० प्रतिशत मतदान भएको छ ।
३३४ स्थानीय तहमा विहान ७ बजेदेखि मतदान शुरु भएको हो । रुकुमको सिस्ने गाउँपालिका– ५ रुकुमेनी मतदान केन्द्रमा बुधबार बिहान मतदान गर्नका लागि लामबद्ध भएका मतदाताहरु । त्यहाँ उत्साहका साथ मतदान भइरहेको छ ।