मनोरञ्जन

अनमाेलको नयाँ अवतारसहित ‘कृ’को फस्ट लुक सार्वजनिक

अनमाेलको नयाँ अवतारसहित ‘कृ’को फस्ट लुक सार्वजनिक

असार १४ । यो वर्षको बहुप्रतिक्षित फिल्म ‘कृ’ को फस्ट लुक सार्वजनिक भएको छ । फिल्म ‘कृ’ को आधिकारिक फेसबुक पेजमा बुधबार अनमोल केसीमात्र रहेको दुईवटा पोस्टर सार्वजनिक गरिएको हो ।

उक्त पोस्टरमा अनमोल विलकुल फरक अवतारमा देखिएका छन् । लामो कपालमा देखिएका अनमोल त्यही कपाल बनाउनकै लागि गुप्तबास बसेका थिए ।

अनमोललाई फिल्ममा लभरबोइको मात्र भूमिका निभाएको र अभिनय गर्न नजान्ने ट्याग धेरैले दिँदै आएका छन् । यही ट्यागलाई मेटाउनको लागि पनि फिल्म ‘कृ’ मा अनमोलले फरक किसिमले काम गरेको बताइदै आएको छ ।

फिल्ममा अनमोल आर्मीको भूमिकामा छन् । अनमोलको अपोजिटमा आदिती बुढाथोकी देखिदै छिन् ।  आगामी कात्तीक ३ गते रिलिज हुने फिल्मलाई सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा निर्माण गने छन् । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्ने छन् ।

विशेष