देश

सेल्फीको चक्करमा दुई नेपालीले भारतमा ज्यान गुमाए

रबिन्द्र यादव

सेल्फीको चक्करमा दुई नेपालीले भारतमा ज्यान गुमाए

असार - १४ । भारतको खड्डा कुशिनगर पनियहवा रेल पुलमा सेल्फी लिदै गर्दा दुई नेपालीको ज्यान गएको छ । ज्यान गुमाउने नेपालीहरु नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ साबिक पक्लिहवा - ७ बेलवानी बस्ने अन्दाजी बर्ष २७ का शिवेन्द्र कुर्मी र बर्ष १८ का छिमेकी धन्नु कुर्मी रहेका छन ।

भारतमा रहेका अाफन्तको मृत्युमा मलामी बनेर गएका उनीहरू पनियहवा रेलको पुलमा सेल्फी खिच्ने क्रममा गोरखपुर नरकटियाजञ्ज जाँदै गरेको ५५०७२ यात्रुबहाक रेलले च्यापेहाे । उनीहरूको घटनास्थलमै उनीहरूको मृत्यु भएको  थियो ।

दुबै जनाको शव भारतीय प्रहरीले आफ्नो नियन्त्रणमा लिएर पडरौना पोस्टमार्टमका लागि पठाएको भारतीय संचार माध्यमले जनाएका छन् । मृतकको सनाखत उनीहरुको पर्समा भेटिएको वेस्टर्न युनिएनको कागजमा लेखिएको नेपालको ठेगाना र उनीहरुको मोबाइलमा रहेको दुई नेपाली सिमबाट भएको बताइएकाे छ ।

मृतकका गाउँका स्थानीय धर्मेन्द्र जयसवाले दिएका जानकारीअनुसार शिवेन्द्र कुर्मी एक स्थानीय विद्यालयका शिक्षक समेत हुन् । मृतकको शव नेपाल ल्याउने प्रयास भइरहेको छ भने सिंगो गाउँ नै शोकाकुलमा डुबेको छ ।

विशेष