मनोरञ्जन

प्रदीपललाई प्रेमिकाले छोडेर अष्ट्रेलिया गएपछि ....

प्रदीपललाई प्रेमिकाले छोडेर अष्ट्रेलिया गएपछि ....

असार १४ । सेलिब्रेटिका प्रेमदेखि डिभोर्स र हरेक कुराले चर्चा कमाउँछन् । यस्तैमा अहिलेका चकलेटी नायक प्रदीप खड्काले पनि एक अन्तर्वातामा आफ्नो प्रेम जीवनबारे प्रसंग खुलाएका छन् ।

कुनै समय प्रदिप पनि एकजना केटीसँग प्रेममा रहेछन् । केटी अष्ट्रेलीया जाने तयारीमा थिइन् । प्रदीपल पनि सँगै जानको लागि कोशिश नगरेका होइनन् । तर, त्यो कुरा सफल भएन र केटी एक्लै उडिन् । केटी अष्ट्रेलिया उडेसँगै प्रदिपको जीवनले पनि अन्तै मोड लियो ।

अहिले ती युवतीसँग भेट भए हुन्थ्यो भन्ने आशा छ की छैन भन्ने प्रश्नमा उनले सकेसम्म भेट नभएकै ठीक हुने पनि बताए ।

यतिबेला प्रदीप आफूअभिनित फिल्म ‘प्रेमगीत २’ को प्रचारको काममा व्यसत छन् । साउन १३ बाछ प्रदर्शन हुन लागेको फिल्मलाई सन्तोष सेनले निर्देशन गरेका हुन् । फिल्ममा प्रदिपको अपोजिटमा अश्लेशा ठकुरी देखिदैँ छिन् ।

विशेष