मुख्य समाचार

९५ वर्षीयाबाट मतदान  

९५ वर्षीयाबाट मतदान   

 

असार १४ । छिनामखु केन्द्रबाट ९५ वर्षीय पहलमान राईले पहिलो मत खसालेका छन् ।

मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठका अनुसार राईले आज(बुधबार) ट्याम्केमयुङ गाउँपालिकाको छिनामखु मतदान केन्द्रबाट बिहान ठीक ७ बजे पहिलो मत खसालेका हुन् ।

यसैगरी पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईले आमचोक गाउँपालिका–३ थिदिङ्खा केन्द्रबाट र पूर्व संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री एवं एमाले नेता कृपाशुर शेर्पाले बोखिम मतदान केन्द्रबाट बिहानै मतदान गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभासद् सुदन किराँतीले रामप्रसाद राई गाउँपालिका ओख्रे मतदान केन्द्रबाट र एमाले नेत्री एवं सांसद जयन्ती राईले अन्नपूर्ण मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

बीस वर्षपछि हुन लागेकोे स्थानीय तह निर्वाचनका लागि यहाँका सबै केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ । सिमसिम पानी परे पनि मतदाता उत्साहपूर्वक सहभागी भएको सम्बन्धित केन्द्रका निर्वाचन अधिकृतले जानकारी दिए । नौ स्थानीय तह रहेको भोजपुरमा एक लाख पाँच हजार पाँच सय ५३ मतदाता छन् । 

विशेष