मुख्य समाचार

जसले क्रिकेटरले जस्तै बम 'क्याच' गरेर सर्वसाधरणको जीवन रक्षा गरे

जसले क्रिकेटरले जस्तै बम 'क्याच' गरेर सर्वसाधरणको जीवन रक्षा गरे

असार - १४ । दोस्रो चरणको निर्वाचन चलिरहेको बेला मतदानलाई प्रभावित पार्ने गरी सर्वसाधारणमाथि प्रहार गरेको बम एक प्रहरी हवल्दारले क्रिकेटरले जस्तै च्याप्प समातेर बाहिर हुत्याइदिएका छन् । सर्वसाधरणको सुरक्षाका लागि खटिएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाले बमलाई जमीनमा खस्न नपाउँदै च्याप्प समातेर निर्वाचन स्थलभन्दा टाढा हुत्याइदिएका हुन् ।

दाङ तुल्सीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा खटिएका प्रहरी हवल्दार रानाको बहादुरीलाई चौतर्फी तारिफ भएकाे छ । उनले सर्वसाधारणका बीचमा बम विस्फोट हुनबाट रोकेर स्थानीयको जीवन रक्षा गरेपछि वाहवाहीसमेत कमाएका छन् ।

साथै, हबल्दार रानालाई पुरस्कृत गर्ने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बचन दिएका छन् । मन्त्री शर्माले आज रानालाई टेलिफोन गरी उनको बहादुरीको प्रशंसा गरेका थिए ।

 

निर्वाचनलाई बिथोल्ने गरी मतदान स्थल बाहिरबाट बुथमा अज्ञात समूहले बम फालेका थिए । उक्त बमलाई उनले समातेर बुथ बाहिरै हुत्याइ दिएका थिए । बम बथ बाहिर पड्किदा मानवीय क्षति हुन पाएन ।

विशेष