मुख्य समाचार

सोलुखुम्बुको तिंगामा शून्य मतदान, नखसाल्नु पनि मतदाताको अधिकार - निर्वाचन अायोग

सोलुखुम्बुको तिंगामा शून्य मतदान, नखसाल्नु पनि मतदाताको अधिकार - निर्वाचन अायोग

 

असार १४ । सोलुखुम्बुको जिल्लाको नेचासल्याङ गाउँपालिका–६ तिंगामा बुधबार शून्य मतदान भएको छ । स्थानीय तह पुनःसरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरुले विरोध स्वरुप मतदान गरेका छैनन् ।

नेचासल्याङ–६ तिङ्लाका पाँचवटै मतदान केन्द्रमा खटिएका कर्मचारीले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडी बढाए पनि सो समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । नेचासल्याङ गाउँपालिका–६ तिङ्लामा दुई हजार ४७६ मतदाता रहेका छन् । सो वडामा कसैले पनि उम्मेदवारी दिएका छैनन् ।

सोलु दूधकुण्ड नगरपालिकाको सट्टा नेचा कल्याङ गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको सङ्घर्ष समितिका अध्यक्ष बालकुमार कार्कीले जानकारी दिए। स्थानीय सरोज बस्नेतले भोट दिन नपाउँदा नरामाइलो लागे पनि त्यो आफूहरुको बाध्यता भएको बताए ।

आयोगले भने कर्मचारीहरु विहान ५ बजेदेखि समयवअधिभर नै मतदानस्थलमा रहेर प्रक्रियाअनुसार नै फिर्ता भएकोले वैधानिकता दिइएको आयोगले जनाएको छ । आयोगले चुनावमा भोट नखसाल्नु पनि मतदाताको अधिकार भएको बताएको हो ।

विशेष