खेल

नेपाली फुटबल खेलको प्रत्यक्ष प्रसारण एपीवान एचडी टेलिभिजनले गर्ने

नेपाली फुटबल खेलको प्रत्यक्ष प्रसारण  एपीवान एचडी टेलिभिजनले गर्ने


जेठ १९ । नेपाली फुटबल खेलको प्रत्यक्ष प्रसारण अबदेखि एपीवान एचडी टेलिभिजनले गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र एपी वान एचडी टेलिभिजनबीच बिहिबार प्रसारण संझौता पत्रमा हस्ताक्षर भएको छ । संझौता पत्रमा एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ र एपी वान एचडी टेलिभिजनका प्रवन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

संझौता अनुसार एपी वानले प्रसारण सहित फुटबलको मार्केटिङ र प्रायोजनको अधिकार समेत प्राप्त गरेको छ । जसका लागि एपी वानले एन्फालाई फुटबल खेलको विकास र विस्तार गर्न बार्षिक एक करोड ७५ लाख रुपैयाँ प्रदान गर्नेछ । उक्त संझौता तीन बर्षका लागि भएको एपी वान एचडी टेलिभिजनका प्रवन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

संझौता अनुसार एन्फाले कम्तीमा बार्षिक ३० वटा राष्ट्रिय स्तरको फुटबल खेल सञ्चालन गर्नुपर्नेछ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको प्रतक्ष प्रसारण गर्ने अधिकार समेत एपीवानलाई हुनेछ । तर अन्तर्राष्ट्रिय खेलको मार्केटिङको अधिकार भने फिफा र एफसीमै सिमिति हुने बताईएको छ ।

संझौता कार्यक्रममा एपी वान टेलिभिजनका निर्देशक सन्देश गुरागाई, एन्फाका प्रथम उपाध्यक्ष मणि कुँवर, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, महासचिव धिरेन्द्र प्रधान लगायतको उपस्थिति रहेको थियो ।

विशेष