खेल

पश्चिमाञ्चल प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा प्रवेश

पश्चिमाञ्चल प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा प्रवेश


जेठ १९ । मध्यपश्चिमाञ्चल पराजित गर्दै पश्चिमाञ्चल राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एकदिवसीय पूरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत बिहिबार भएको समूह चरणको अन्तिम खेलमा मध्यपश्चिमाञ्चललाई ९ विकेटले पराजित गर्दै पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेको हो ।

एपिएफसँग वर्षाले प्रभावित पहिलो खेलमा पराजित भएको पश्चिमाञ्चलले त्यसपछि मध्यमाञ्चललाई पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यपश्चिमले दिएको ६३ रनको लक्ष्य पश्चिमाञ्चलले ११.१ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो । पश्चिमाञ्चलका लागि ओपनर अनिल गुरुङ २३ रन तथा नुरध्वज सेन १९ रनमा अविजित रहे ।

अघिल्लो दुई खेलमा अर्धशतक पुरा गरेको सौरभ खनाल २० रनमा अमरसिंह राउटेलाबाट क्याच एण्ड बोल्ड भए । ८ बल खेलेका सौरभले दुई चौका र दुई छक्का प्रहार गरे ।

जितपछि पश्चिमाञ्चल समूह ‘ए’ मा चार अंकसहित शीर्ष स्थानमा छ । दुई खेल खेल्न बाँकी रहेको नेपाल एपिएफ क्लबले मध्यपश्चिम र मध्यमाञ्चलसँग खेल्न बाँकी छ । दुवै खेल जिते एपिएफ समूह विजेता र पश्चिमाञ्चल समूह उपविजेता बन्नेछ ।

प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । समूह ‘बी’ बाट आर्मी र पुलिस सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

PM cup

विशेष