मनोरञ्जन

मिस नेपाल निकिता चाण्डकले मतदान गरिनन्

मिस नेपाल निकिता चाण्डकले मतदान गरिनन्

असार १५ । केही समयअघिमात्र भएको मिस नेपाल प्रतियोगितामा मोरङ जिल्लाको प्रतिनिधित्व गरेकी निकिता चाण्डकले मिस नेपाल २०१७ को ताज पहिरिइन् । तर, मोरङको प्रतिनिधित्व गरेकी चाण्डकले हिजो(बुधबार) भएको दोस्रो  चरणको स्थानीय तहको निर्वाचनमा सहभागी भइनन् ।

मोरङ,उर्लाबारी ३ की चाण्डकको मतदातता नामावालीमा नाम छैन् । उनको क्षेत्रको मतदानस्थल राधिका माध्यामिक विद्यालय रहेको थियो । निकिताले आफू मोरङ नगएको र हाल काठमाडौँमै भएको बताउँदै आएकी छिन् ।

मिडियालाई अन्य जानकारी दिन नमिल्ने बताउँदै  उनले हिडन टिजरसँग अन्य जानकारी लिन सुझाएकी छिन् ।

त्यसो त निकिता भारतमा बस्दै आएकी कारण उनले ताज उचाले पछि ठुलै विवाद भएको थियो । भारतीय मूलको भन्दै उनीमाथि धेरैले टिप्पणी गरेका थिए । यतिबेला अन्तर्वार्ता र फोटो सुटमा व्यस्त रहँदै आएकी उनी विश्व सुन्दरी प्रतियोगिताको तयारीमा लाग्दै छिन् ।

Miss Nepal

विशेष