मुख्य समाचार

दार्चुलामा काँग्रेसको खाता खुल्न सुरू

दार्चुलामा काँग्रेसको खाता खुल्न सुरू

असार १५ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुआत गरेको छ ।

लेकम– १ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९५ र नेकपा माओवादी केन्द्रका तारासिंह बोहराले १६१ मत प्राप्त गरेका छन् ।

सो वडामा एक हजार ८० मत खसेको थियो । दार्चुलाका अन्य नगर तथा गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । 

Darchula

विशेष