मनोरञ्जन

आमीर खानको ‘दंगल’ ले कमायो २ हजार करोड

आमीर खानको ‘दंगल’ ले कमायो २ हजार करोड

असार १५ । बलिउड अभिनेता आमीर खान अभिनित फिल्म ‘दंगल’ ले नयाँ किर्तिमान राख्न सफल भएको छ । संसारभर २ हजार करोडको व्यापार गरेर विश्वमै सार्वधिक कमाई गर्ने पहिलो भारतीय फिल्म भएको भन्दै हलिउडको प्रतिक्षित म्यागजिन फाेब्र्सले जनाएको छ ।

यतिमात्र नभएर ‘दंगल’ ‘नन इंगलिस क्याटेगोरी’ मा यत्तिको कमाई गर्ने पहिलो फिल्म भएको छ । चीनमा ‘दंगल’ ५ मेमा रिलिज भएदेखि यो फिल्मले सार्वधिक व्यापार गरेको छ ।

आमिरको यो फिल्मले भारतमा पनि सार्वधिक व्यापार गरेको थियो । घरेलू बक्स अफिसमा ‘दंगल’ ले ३८७ करोड भन्दा बढीको कारोबार गरेको थियो । ‘दंगल’ घरेलू बक्स अफिसमा ३ सय करोडभन्दा बढी कारोवार गर्ने आमिरको दोस्रो र भारतको पाँचौं फिल्म हो ।

Dangal

विशेष