कभर स्टोरी

प्रमाण नष्ट गर्ने क्रममा ज्ञानेन्द्रले वीरेन्द्रको वंशनाश भएको भवन ‘त्रिभुवन सदन’ पनि भत्काए

अहिले फेरि त्रिभुवन सदन बनाइँदैछ

प्रमाण नष्ट गर्ने क्रममा ज्ञानेन्द्रले वीरेन्द्रको वंशनाश भएको भवन ‘त्रिभुवन सदन’ पनि भत्काए

जेठ–१९ । सम्झौ त, ठीक १६ वर्षअघि, जेठ १९ को त्यो रात ! नारायणहिटीभित्र शाही परिवाको जमघट थियो । त्रिभुवन सदनमा भेला भएका राजपरिवारका सदस्य व्यक्तिगत कुराकानी र सामान्य मनोरञ्जन गर्दै समय काट्दै थिए । एकैछिनमा गोली चल्यो । ठिंग उभिएका राजा वीरेन्द्र गोली लागेर ढले । महारानी ऐश्वर्य गाली हान्नेबाट भाग्दै थिइन् । उनप् नि बाहिर चौरमा ढलिन् । यसरी शाही परिवारका १७ जना ढले । सबैले त्यहीँ प्राण त्यागे ।

१६ वर्षपछिको त्यही त्रिभुवन सदनको कुरा हो । त्यतिबेला १७ जना ढलेर लत्पतिएको गलौचा कहाँ छ ? जवाफ कोहीसँग छैन । नेपाल सरकारले नारायणहिटी राजदरबार संग्राहलयलको रुपमा परिणत गरिसकेको छ । र, सर्वसाधारणले अवलोकन गर्ने कगरी खुला गरिएको पनि १० वष भइसक्यो । तर, राजा वीरेन्द्रसहित राजपरिवारका १७ सदस्यको रगत लत्पतिएको गलौचा पत्ता लागेको छैन । सरकारले खटाएका संग्रहालय प्रमुख रोहित ढुंगाना भन्छन्, ‘यहाँ छ न त छ रे, मैले देख्या छैन ।’ उनले सुनाए, ‘अहिले त्रिभुवन सदन भत्किएको अवस्थामा छ । भत्किएर बनाउँदै गरेको ठाउँमा सामानहरु राख्ने कुरा भएन । मैले साथीहरुलाई सोधेको थिएँ । उहाँहरुले छ भन्नु भएको छ ।’

१६ वर्षअघि जुन रात त्यहाँ गोली चल्यो, त्यसबेला पूर्वयुवराज (तत्कालीन शाहज्यादा)पारसहरु त्यहीभित्रको बिलियार्ड रुममा थिए, खेल्दै । अहिले त्यो विलियार्ड रुमका सामान पनि गायब छन् । ढंगानाले भने, ‘राख्ने ठाउँ सानो छ । सबै सामानहरु त्यहीँ छन् ।’ तर वास्तविकता के हो भने, धरहरा ढल्दा इँटा चोर्ने मनोवृत्तिका हामी नेपालीले नेपालको इतिहासमा सधै कहलिने एउटा घटनको सबुतहरु त्यसै छोडुला र ? वास्ताविकता हो कि, सरकारी उदासीनताका कारण त्रिभुवन सदनका सामान कतिपय चोरी भइसकेका छन्, कतिपय यसरी थन्क्याइएका छन कि प्रदर्शनमा ल्याँदा त्यसको वास्तविक स्वरुप विग्रने खतरा छ । त्यसमाथि सर्वाधिक चासाको विषय रगत लत्पतिएको गलौचाको रगत पखालिसकिएको छ । उक्ता गलैचा केही वर्षअघिसम्म त्रिभुवन सदनसँगै रहेको अर्को भवन ‘नानीगञ्ज’ मा फ्याँकिएको थियो । त्रिभुवन सदनचाहिँ यो आर्थिक वर्ष सकिएपछि बल्लन निर्माण कार्य सम्पन्न हुने ढुंगानाले बताए ।

–तस्विरकाे भवन बनाइँदै गरेकाे नयाँ त्रिभुवन सदनकाे हाे ।

–जनआस्था साप्ताहिकबाट

विशेष