मनोरञ्जन

‘३० या ४० वर्ष कटेपछि गरिने रोमान्स नै भिन्नै हुन्छ’ — सरोज खनाल

‘३० या ४० वर्ष कटेपछि गरिने रोमान्स नै भिन्नै हुन्छ’ — सरोज खनाल

असार १५ । नेपाली सिनेमा जगतमा चर्चित नाम हो सरोज खनाल । कुनै समयका सबै दर्शकको मन मनमा बस्न सफल अभिनेता खनाल अहिले बाबुको रोलमा मात्र सिमित छन् ।

तर,यसमा उनी कत्ति पनि दुःखी छैनन् । १७ वर्ष अमेरिका बसेर फर्किएका अभिनेता खनाल दुई छोराका बाबु हुन् । असली जिन्दगीमा छोरीको बाबु बन्न नपाए पनि फिल्मी दुनियाँमा छोरीको बाबु बनाइदिएकोमा उनी निर्देशकप्रति कृतज्ञ छन् ।

उमेरको प्रश्न अन्य अभिनेताजस्तै खनाललाई पनि उति सारो रुच्दैन । उनी भन्छन्, ‘मन त अझै चंगा छ । उमेर त केवल अंक हो । रोमान्टिक सिन गर्न पनि तयार हुने तर बच्चाबच्चीले गर्ने रोमान्स भन्दा पनि ३० या ४० वर्षको रोमान्सको लागि तयार छु ।’

त्यसलाई खुलस्त बनाउँदै उनले परिपक्व उमेरमा गरिने रोमान्स पनि उमेरजस्तै परिपक्व र गम्भीर हुने बताए । यसका साथै समयअनुसार आफू परिवर्तन हुन जरुरी हुने र मूल्यांकन गरेर भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनी अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’ यही असार ३० गते प्रदर्शन हुन गइरहेको छ । फिल्ममा उनी नायिका पूजा शर्माको बाबुको भूूमिकामा देखिदैँ छन् ।

विशेष