खेल

साउदीको कतिफमा भएकाे 'न्यू अन्नपूर्ण गोल्ड कप' फुटबल प्रतियोगिताको उपधी 'दमाम निलो'ले उचाल्यो

साउदीको कतिफमा भएकाे 'न्यू अन्नपूर्ण गोल्ड कप' फुटबल प्रतियोगिताको उपधी 'दमाम निलो'ले उचाल्यो

असार - १५ । अन्नपूर्ण क्लब र एनबिवाइसिको संयुक्त आयोजनामा सम्पन भएको न्यू अन्नपूर्ण गोल्ड कप फुटबल प्रतियोगितामा 'युनाइटेड फुटबल क्लब दमाम निलो'ले ट्रफी उचालेकाे छ । रियाद रातो टिमलाई पेनाल्टि सुट आउट मा ६-४ ले हराउदै 'युनाइटेड फुटबल क्लब दमाम निलो' बिजयी भएको हो।

साउद अरेबियाको कतिफ भन्ने स्थानमा भएको सो प्रतियोगितामा ३० नेपालि टिमको सहभागिता थियो। जुन २५, २०१७ बाट सुरु भएको उक्त खेल जुन २८, २०१७ बिहान सम्म चलेको थियो।

नेपाली दूताबास रियाध, साउदी अरेबियाका पुर्बी क्षेत्रका स्थानीय कर्मचारि हरि घिमिरेले बिजयि टिमहरुलाई पदक, नगद पुरस्कार र प्रमाण-पत्र बितरण गरेका थिए। पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ (४ हजार १ सय साउदि रियाल ) रहेकाे थियो।

युनाइटेड फुटबल क्लबका अधक्ष सुमन भट्टराइ र म्यानेजर ध्रुब राउत साथै टिमका सम्पूर्ण खेलाडीहरुको अत्यन्त मिहेनत, लगावका कारण जित हात परेको हो। साथै उक्त टिमलाई राजेश लिम्बुले जर्सि, धेरै नेपाली शुभचिन्तकहरुले आर्थिक सहयोग, उमेश भट्टराइ र रामचन्द्र पौडैलले यातायातको प्रबन्ध, दिपक ढुङ्गाना र ख्याम कार्किले बस्ने कोठा र खानाको ब्यबस्था गरेका थिए ।

खेलमा हजारौंको संख्यामा नेपाली तथा बिदेशी दर्शकहरुको उपस्थिति थियो। साथै आगामि सेप्टेम्बर २०१७ मा अहिलेको बिजेता टिम युनाइटेड फुटबल क्लबले 'युनाइटेड गोल्ड कप' साउदि अरेबियाको दमाम वा खोबार शहरमा आयोजना गर्ने कुरा युनाइटेड फुटबल क्लबका अधक्ष सुमन भट्टराइले जनाएका छ्न्।

विशेष