मनोरञ्जन

प्रदिपले खोले ‘प्रेमगीत २’ मा पूजा शर्मा नअटाउनुको कारण

प्रदिपले खोले ‘प्रेमगीत २’ मा पूजा शर्मा नअटाउनुको कारण

असार १५ । विवादै विवामा मुछिएपछि फिल्म ‘प्रेमगीत’को टिम फुट्यो र भिन्नै टिम बनेर दुईवटा फिल्मको निर्माण भयो, ‘प्रेमगीत २’ र ‘म यस्तो गीत गाउँछु’ । निर्माण टिम फुटेर भिन्नै फिल्म बनाएपछि लामो समयसम्म यो खबरले नेपाली सञ्चारमाध्यम गरमाएको थियो । सुपरहिट रहेको फिल्म ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ मा भने निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा अटाएनन् ।

यतिबेला फिल्म ‘प्रमगीत २’ को ट्रेलर रिलिज भएपछि धेरैले नव नायिका अश्लेशा ठकुरीलाई मन नपराएका टिप्पणीहरु पनि आए । कतिले नायिका पूजा शर्मा किन अटाइनन् भन्ने प्रश्न पनि गरे । यसबारे नायक प्रदिप खड्काले मुख खोलेका छन् ।

नायक खड्काले एक अन्तर्वाताम बोल्दै फिल्मको सिक्वेलमा उही गीतको भूमिकालाई दर्शकको मानसपटलबाट हटाउन नसकिने बताए । फिल्मको सिक्वेलले कथागत रुपमा भिन्नै मोड लिएको र गीत बर्माकी युवतीको भूमकामा देखिनुपर्ने थियो । तर, पूजाको अन्य म्युजिक भिडियोहरु पनि आएको र सबैले चिनेकाले बर्मेली भन्न नसुहाउने र अश्लेशा नव नायिका भएका कारणल बर्मेली भन्न पनि सुहाउनाले निर्माण टिमको नजरमा अश्लेशा ठिक भएको बताएका छन् ।

विशेष