मुख्य समाचार

एमालेको पत्ता साफ हुने भनेको सात नम्बरमा देखियो अर्कै दृश्य

एमालेको पत्ता साफ हुने भनेको सात नम्बरमा देखियो अर्कै दृश्य

असार – १५ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ मा मतगणना जारी छ । पहिलो चरणमा पहिलो स्थान लिन सफल भएको नेकपा एमालेले दोस्रो चरणमा पनि पहिलो स्थान लिन सोचमा थियो ।

दोस्रो चरणको निर्वाचनको मत गणना जारी रहँदा प्रदेश नम्बर १ र ५ मा एमालेले अग्रता काम राखे ता पनि ७ नम्बर प्रदेशमा भने निराशजनक मतपरिणाम देखिएको छ । सात नम्बर प्रदेशका नौँवटा जिल्लामा अहिले मतगणना जारी छ । पछिल्लो मत परीणाम अनुसार एमाले दोस्रो स्थान रहेको छ । धेरैले यस प्रदेशमा एमाले पत्ता साफ हुने अनुमानसमेत गरेका थिए । तर, त्यसो हुनबाट जाेगिएको छ । 

पछिल्लो मतपरिणामअनुसार नेपाली काँग्रेस २१ स्थानमा अग्रता कायम राखेको छ भने एमालेले १६ स्थानमा अग्रता लिएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ८ स्थानामा अग्रता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा अग्रता कायम राखेको छ । प्रदेश नम्बर सातमो अन्य ४ पार्टीको अग्रता पनि देख्न सकिन्छ ।

विशेष