कभर स्टोरी

राजदरबार हत्याकाण्ड बारे किन मुख खोल्दिनन् देवयानी ?

राजदरबार हत्याकाण्ड बारे किन मुख खोल्दिनन् देवयानी ?


जेठ १९ । १६ वर्ष अघि भएको नेपालको तात्कालीन शाही परिवारको सामूहिक हत्याकाण्डको रहस्य खेातल्ने प्रयास अहिले पनि कसैले गरेको छैन ।

हत्याकाण्डका साँक्षी अझै पनि जीवीतै छन् । अझ तात्कालीन युवराज दीपेन्द्रसँगको अन्तिम फोन सम्वाद गरेकी देवयायी राणासँग त्यसक्रममा भएको कुराकानी खोतल्ने प्रयास समेत कसैले गरेको छैन् । उनी आफैले पनि त्यसबारेमा मुख खोलेकी छैनन् ।

आखिर किन मुख खोल्दिनन् देवयानीले ? प्रश्न अनुत्तरित छ । उनीसँगै विवाह गर्न नपाएको झोकमा युवराज दीपेन्द्रले तात्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्य, अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजनलगायत आफूसहित शाही परिवारका १० सदस्यको ज्यान लिएको निष्कर्ष त्यतिबेलाका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित दुई सदस्य छानविन समितिले निकालेको थियो ।

घटना हुनु अघि देवयानीले प्रयोग गर्ने ९८५१०२४३३९ नम्बरको मोबाइलबाट युवराज दीपेन्द्रको ९८५१०२१५१३ मा कुरा भएको कल डिटेल्समा देखाएको थियो । घटना लगतै उनी भारतको नयाँ दिल्ली पुगिन । त्यति ठूलो नरसंहारमा जोडिएकी उनी कसरी भारत पुगिन-पुर्याइन भन्ने प्रश्न अझै अनुत्तरित छ ।

अन्नपुर्ण टुडेबाट

विशेष