मनोरञ्जन

सलमान खानको यस्तो खुलाशा, ‘दबंग ३’ सिक्वेल नभएर प्रिक्वल हुने

सलमान खानको यस्तो खुलाशा, ‘दबंग ३’ सिक्वेल नभएर प्रिक्वल हुने

असार १६ । बलिउड अभिनेता सलमान खान अघिल्लो दुई वर्षयता निकै व्यस्त रहँदै आएका छन् । हाल ‘टाइगर जिन्दा है’ को छायांकनमा व्यस्त रहँदै आएका सलमान यसपछि रेमो डिसुजाको आउँदो अनटाइटल डान्स मुभी गर्नेछन् भने उनको त्यसपछिको प्रोजेक्ट ‘दबंग ३’ हुनेछ ।

फिल्म ‘दबंग ३’ को निर्माण हुने भन्ने भएपछि धेरैले उक्त फिल्म ‘दबंग २’ कै सिक्वेल हुने अनुमान लगाएका थिए । तर, उक्त फिल्म सिक्वेल नभएर प्रिक्वेल हुनेछ जसमा चुलबुल पाण्डेको सुरुवाी जीवनबारे बताइन्छ ।

यतिबेला सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’ प्रदर्शनरत छ । फिल्म सय करोड क्लबमा प्रवेश गरिसकेको विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

— एजेन्सी

salman khan

विशेष