मनोरञ्जन

दीपकको नजरमा ,‘डिस्टिङसन आएर पनि फेल’ भए जस्तो एनएफडिसी अवार्ड

दीपकको नजरमा ,‘डिस्टिङसन आएर पनि फेल’ भए जस्तो एनएफडिसी अवार्ड

असार १६ । नेपालमा हुने अवार्ड कार्यक्रम सधैँ विवादमा फस्ने गर्छन् । यो वर्षको एनएफडिसी अवार्ड पनि उस्तै भयो । अवार्ड शोमा पुगेका दिपकराज गिरी र दिपाश्री निरौला अवार्ड कार्यक्रमबाट आधीमै बाहिरिएपछि यसले नेपाली सञ्चारमाध्यम गरमाएको थियो ।

मिडियामा दिपक र दिपा रिसाएर बाहिरिए भन्ने हल्ला पनि छाए । फिल्म ‘छक्का पञ्जा’ बाट दिपाश्रीले उत्कृष्ट निर्देशकको अवार्ड पाएकी थिइन् तर उनको अनुपस्थितीमा उक्त अवार्ड अरुले नै थापिदिएका थिए ।

यसबारे दिपक–दिपाले मुख खोलेका छन् । एक अन्तर्वार्तामा बोल्दै दिपकले अवार्ड दने जुरीप्रति असन्तुष्टी जनाएका छन् । अन्तराष्ट्रिय मापदण्डअनुसार अवार्ड दिइएका आधारहरु नमिलेको उनले बताएका छन् । उत्कृष्ट फिल्म जसलाई दिइयो त्यही फिल्मले अन्य विधामा पनि अवार्ड पाउर्नेमा उनको जोड थियो । ‘डिस्टीङसन त आयो तर सबैमा फेल’ भनेकोजस्तो भयो’ उनले व्यंग्य कसे ।

यस्तैगरि अहिले हुने अवार्ड कार्यक्रममा नाम चलेका कलाकारको संख्या पनि एकदमै न्यून हुने गरेको रकलाकारकै उपस्थिती हराउन थालेको पनि उनले बताए ।

विशेष