मनोरञ्जन

चार वर्षदेखि खतरनाक रोगबाट ग्रस्त थिइन् सलमानकी यी हिरोइन

चार वर्षदेखि खतरनाक रोगबाट ग्रस्त थिइन् सलमानकी यी हिरोइन


जेठ २० । बलिउड फिल्म ‘लकी नो टाइम फर लभ’ मा सलमानकी लेडी लव बनेर आएकी अभिनेत्री स्नेहा उल्लाल पछिल्लो चार वर्षदेखि एक गम्भीर बिमारीको शिकार हुँदै आएकी छिन् । हालै एक चर्चित वेबसाइटलाई दिएको अन्तर्वातामा उनले आफू आँटोइम्युन डिसअर्डरबाट पिडित भएको बताएकी छिन् ।

उक्त रोग रगतसँग जोडिएको बिमारी हो । यसैको कारणले धेरै कमजोर भएकी स्नेहा आधा घण्टा भन्दा बढि आफ्नो खुट्टामा पनि उभिन सक्ने अवस्थामा थिइनन् ।

सुटमा गएर दिनदिनै कमजोर हुँदै गएपछि उनले कामबाट ब्रेक लिएर उपचार गर्ने निर्णय गरेकी थिइन् ।
पछिल्ला समय एक तेलेगु फिल्म ‘अंथा नी मायालोन’ मा देखा परेकी उनी फेरि तेलेगु फिल्ममा देखिदैँ छिन् ।

विशेष