नेपाल आइडलका ‘बेसुरे गायक’हरु युट्युवमा चर्चित
जेठ–२० । अमेरिकन आइडलको ‘फ्रेन्चाइज’ नेपाल आइडल हुनमा गायन प्रतिभाको खोजी हो । तर नेपाल आइडलमा अहिलेसम्म प्रशारण भएका भागहरुमा केही मिनेटका लागि मात्रै टेलिभिजनको स्क्रिनमा देखा परेका ‘बेसुरे’ प्रतिस्पर्धीहरु यूट्युवको दूनियाँमा भने ‘हिट’ भएका छन् ।
कार्यक्रममा रोचकता थप्नकै लागि यी बेसुरे गायकहरुलाई निर्णायकसम्म पुर्याइएकोमा कुनै शंका छैन । रोचकत त के छ भने यी प्रतिस्पर्धीहरुलाई युट्युवका दर्शकहरुलाई अपमान गरेका छैनन्, बरु रमाइलो पात्रका रुपमा टिप्पणी गरेका छन् ।
दैलेखको दुल्लु गाविसका २८ वर्षीय झक्कड थापाले नेपालगञ्जबाट अडिसन दिएका थिए । झक्कडको गायकी बेसुरे छ भन्नेमा दुईमत छैन । तर थापाको सरलताले उनको बेसुरे गीतमा सुर थपिदिएको छ । कतिपय दर्शकले त झक्कडलाई आउट गरिनु हुँदैन थियो पनि भनेका छन् । गीत गाउँनमा निर्णायकको अनुमति पनि नलिने र आफ्नो मनमा आएका गीत सबै सुनाएर फर्केका यी झक्कडलाई युट्युवमा लाखौंले हेरेका छन् ।
विराटनगरको अडिसनमा इटहरीबाट सहभागिता जनाएका ‘चार्टड एकाउन्ट’का विद्यार्थी विकास साह रोमाञ्चक तर बेसुरे गायक मध्येकै हुन् । सितल कोठामा हरियाे ग्लास भएको चश्मा लगाएर निर्णायकहरुका अगाडि पुगेका साहले इन्दिरा जोशीलाई प्रभावित पार्न चश्मा लगाएको संकोच नै नमानी भनिदिन्छन् । निर्णायकहरुका अगाडि पुगेर जब बिकासले ‘केही मिठो बात गर’ बोलको गीत गाउँछन् तब उनको बेसुर छताछुल्ल हुन्छ ।
तर पनि यी गायकले निर्णायक भएर बसेकी इन्दिरा जोशीसँगै व्यंग्य कस्छन् । विकासका फ्यान पनि युट्युवमा देखिएका छन् ।
बेसुरे गायकहरुलाई निर्णायकहरुई उति धेरै होच्याउँदैनन् । तर केही उडाएका भने छन् । विराटनगर अडिसनमा गएका विराटनगरकै सागर मण्डलले ‘गीतमाथिको अत्याचार’ सुनेर हुन सक्छ न्यूह बज्राचार्यले भन्छन्,‘ तिमी विराटनगरको इज्जत लिन आएको हो ? ’ उनले कार र २० लाख नगदको लालचमा भाग लिन आएको हो ? भनेर पनि सोध्छन् । जबकी यी पात्रहरु कार्यक्रमलाई रोचक बनाउनकै लागि लगिएका थिए भन्नेमा शंका छैन ।