नयाँ शक्तिबाट एमाले गएका नेता भन्छन्, ‘महाकाली सन्धि भारतको पक्षमा भएको छैन’ (भिडियोसहित)
–निर्मल भट्टराई
पहिलो चरणको चुवानमा पनि सुरक्षा सम्बन्धी चुनौतीहरु थिए । नेत्रविक्रम चन्द विप्लवको कम्युनिष्ट पार्टीले उम्मेदवार दिन नदिने, दिएकालाई पनि फिर्ता लिन धम्कीपूर्ण चिठीहरु पठाएका थिए । त्यसपछि बुथहरु लुट्ने र गाउँपालीका नै खाली गर्ने योजना बनाएका थिए । तर, सचेत नागरिक र सचेत सुरक्षा व्यवस्थाले गर्दा केही अपवादहरुलाई छोडेर प्रथम चरणको निर्वाचन अत्यन्तै शान्तिपूर्ण ढंगले भयो ।
दोस्रोे चरणको निर्वाचनमा दुई नम्बर प्रदेशमा केही अप्ठ्याराहरु हुन सक्नेछन् । दुई नम्बर प्रदेशमा केही अप्ठ्यारा हुन सक्छन् तर बाँकी प्रदेशमा सुरक्षा सम्बन्धी केही समस्या हुने छैन । प्रथम चरणजस्तै शान्तिपूर्ण हिसावले हुन्छ भन्ने मलाई लाग्छ ।
चुनाव भाड्नेहरुलाई जनताले पनि साथ दिने छैनन् । त्यो कुरा मोहन वैद्य र विप्लबको स्थिति हेरेर पनि थाहा हुन्छ । २०७० सालको चुनावमा विप्लवको ३३ दलीय मोर्चा थियो अहिले त्यसको नाम र निशाना कता गयो भन्ने पनि थाहा छैन । अहिले पनि चुनाव भाड्नेलाई जनताले मान्दैनन् । जनता एकजुट भइसकेपछि सबै समस्या आफैँ सामाधान हुन्छन् ।
नयाँ शक्ति पार्टी समयमै छोडेर ठिक गरें
डा बाबुराम भट्टराईसँग हामीले त्यतिबेला मुख्यगरि राष्ट्रियताको विषयमा बिमती उठाएका थियौँ । राष्ट्रियताका विषयमा कुनै पनि कुरामा सम्झौता गर्नुहुँदैन भन्ने हाम्रो मनसाय थियो । डा. भट्टराईले मधेसवादी दल र उपेन्द्र यादवसँग खुल्लमखुल्ला मिलेर जाने र चुनाव विथोल्ने आशयको वक्तव्य निकालेपछि हाम्रो कुरा विवादमा आएको हो । त्यो सहि बेलामा सहि विश्लेषणको आधारमा हामी अघि बढेछौँ भन्ने मलाई लाग्छ । त्यो संघर्ष गरिनु उचित थियो र त्यो निर्णय देशको हितमा भएकाले ठिक गरेछु जस्तो लाग्छ ।
नयाँ शक्तिका खतरनाक विषय
जातिगत राजनीतिक विषयलाई छोड्न नसक्नु नयाँ शक्ति पार्टीको ठूलो समयस्या थियो । डा.भट्टराई माओवादी पार्टी छोडिरहँदा हामीलाई के लाग्थ्यो भने, त्यहाँले अब जातीय मामिला उठाउन हुँदैन । सिंगो देशलाई कसरी उठाएर लैजान सकिन्छ र सिंगो देशलाई कसरी एकाबद्ध रुपमा लैजान सकिन्छ भन्ने कुरा उठ्छन् जस्तो लागेको थियो । तर, भट्टराईले जब दस्ताबेज बनाउने क्रममा फेरि क्षेत्रीय राजनीतिकै गन्ध आयो र मधेसका केही व्यक्तिहरुले उठाएका मुद्दा सफल नपारी एक पाइला पनि अघि बढ्न सकिदैँन भन्ने कुरा आयो त्यो कुरा यथार्थपुरक थिएन । चुनावमा पनि उहाँलाई धेरै ठाउँमा तीन अंकको भोट नै प्राप्त भएन ।
शतप्रतिशत एमाले ठीक छ भनेर भन्दिनँ तर देश बचाउने र राष्ट्रियता बचाउने कुरामा एमालेले बढि भूमिका खेलेको छ । त्यसमा नेतृत्व फरक हो तर सिंगो पार्टी राष्ट्रियताको पक्षमा छ । त्यो कुरा हामीले राम्ररी नियाल्नुपर्छ ।
महाकाली सन्धि यदि भारतको पक्षमा भएको भए भारतले परियोजना बनाएर काम गरिसक्थ्यो । जुन भएको पनि छैन । त्यसकारण त्यो सन्धि नेपालको पक्षमा नभएर भारतको काम सुरु गरिसक्थ्यो । यसबारेमा सबै परियोजना पढेर मात्रै टिप्प्णी गर्नुपर्ने हुन्छ । कतिपय मानिसहरु भने यो भारतकै पक्षमा हुन्छ भन्ने कुरा गर्छन् र त्यस्ता समाचार बाहिर ल्याउँछन् । त्यसकारण त्यो सबैबारे राम्रोसँग अध्ययन नगरी धारणा राख्नु नै बेठीक हुन्छ भन्ने मलाई लाग्छ ।
जहाँसम्म अन्य देशहरुसँगको सम्बन्ध छ, यसमा नेकपा एमालेको विदेश नीति केही अपवादहरुलाई छोडेर अत्यन्तै सन्तुलित छ भन्ने मलाई लाग्छ ।
मदन भण्ठडारीको हत्या नै भएको हो
मदन भण्डारीको हत्या रहस्यमय ढंगले नै भएको हो । त्यसको सबै विवरण हेर्दा त्यो हत्या नै हो । तर, त्यसमा को को मान्छे संलग्न थिए, त्यसका घटनाहरु के थिए भन्ने कुरा राज्यले पनि लिन नसकेको कुरा सत्य हो । तर, मदन भण्डारीको मृत्यु स्वभाविक थिएन । त्यो स्वभाविक नभएको कारणले गर्दा आयोगले प्रतिवेदन बनाउँदा दुर्घटना भन्यो । त्यसकारण पनि त्यसमा शंका गर्ने धेरै ठाउँहरु छन् । त्यस घटनाक्रममा बाँचेका साक्षी पनि केही समयपछि मारिए । तर हामीले एउटा के सत्य कुरा भुल्नु भएन भने, त्यो मृत्यु स्वभाविक थिएन । त्यसमा कसै न कसैको संलग्नता छ र फरक यत्ति हो की ते कुरा अहिलेसम्म पनि पत्ता लागेन । यस्ता घटनाहरु सयौँ वर्षपछि पत्ता लागेको इतिहास पनि छन् । त्यसको पनि सत्य आउँछ । यसलाई एमालेले चनाखोपूर्वक हेर्नुपर्छ ।
अब बन्ने सकारबाट धेरै आशा गर्न सकिन्न । अब बन्ने सरकारबााट के आश गर्न सकिन्छ भने, बाँकी दुईवटा निर्वाचन प्रदेशको निर्वाचन र केन्द्रिय संसदको निर्वाचन गर्न सफल भयो भने यसले गरेको ठूलो काम भन्न सकिन्छ ।
कांग्रेसको साख झर्न लाग्यो
आइजिपी, प्रधानन्यायधीशको सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउववा पछुताए र फेरि पछि फर्किनुपर्ने अवस्था आयो । त्यसकारण त्यसले सिंगो नेपाली कांग्रेसको साखमा गम्भीर धक्का लगाएको छ । बिपी र गणेशमानले जुन नेतृत्व गरेर नेपाली कांग्रेसको साखलाई बलियो बनाए देउवाले त्यो साखलाई बचााउँन सक्छन् जस्तो मलाई लाग्दैन । नेपाली कांग्रसको साख बिग्रेर एमालेलाई फाइदा हुँदैन । सबै राम्रो भएर स्वस्थ प्रतिस्पर्धा भयो भने सबैलाई राम्रो हुन्छ । उनको अस्थिरताले नेतृत्व गर्ने बेलामा नेपाली जनताले दुःख नपाऊन् भन्ने नै मेरो कामना छ ।
(नेता भट्टराईँसँग भएको कुराकानीमा आधारित)