यसपटककी मिस नेपाल पनि ‘गैरआवसीय नेपाली’ !
जेठ २० । शुक्रबार भएको मिस नेपाल २०१७ को अन्तिम प्रतियोगितामा निकिता चन्दकले ताज पहिरिन सफल भइन् । मिस नेपालको ताजसँगै उनले दुइवटा टाइटल पनि हात पारिन् । पहिलो, ‘मिस कन्फिडेन्ट’ र दोसा्रे ‘मिस पब्लिक चोइस’ ।
मारवाडी समुदायकी निकिता भारतमा बस्दै आएकी थिइन् । ५ फिट ९ इन्च अग्ली निकिता व्यवसायिक मोडल हुन् । उनी भारतको जिडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा फेसन कम्युनिकेसनकी विद्यार्थीसमेत हुन् ।
नेपाललगायत भारतका फेसन शोहरुमा भाग लिइसकेकी निकिताले मिस नेपालमा मोरङको प्रतिनिधीत्व गरेकी थिइन् । केही समयअघि काठमाडौंमा आयोजना भएको नेपाल फेसन वीकमा पनि उनले भाग लिएकी थिइन् ।
२० वर्षीया चन्दकले १९ जना प्रस्पिर्धीलाई उछिन्दै मिस नेपालको ताज पहिरिएकी हुन् । उनीसँगै रोजिना श्रेष्ठले मिस नेपाल अर्थ को उपाधि जितेकी छिन् भने मिस नेपाल इन्टरनेसनल नीति शाह भइन् । त्यस्तै मिस नेपाल एसिया प्यासेफिक इन्टरनेसनलको ताज साहारा बस्नेतले पाइन् ।
भारतमा बस्दै आएकी निकीता जस्तै बेलायतमा बस्दै आएकी श्रृष्टि श्रेष्ठ पनि कुनै बेला मिस नेपाल बनेकी थिइन् ।