मनोरञ्जन

यस्तो आयो प्रभासको नयाँ फिल्मको ट्रेलर

यस्तो आयो प्रभासको नयाँ फिल्मको ट्रेलर

जेठ २० । फिल्म ’बाहुबली २’ बाट दक्षीण भारतीय अभिनेता प्रभासको खुब चर्चा चुलियो । फिल्ममा प्रभास र अनुष्काको केमेस्ट्रि पनि खुब मिलेको थियो ।

उनीहरुका प्रशंसकहरुका लागि खुशीको खबर आएको छ कि चाँडै नै दर्शकहरुले फेरी अर्को नयाँ फिल्ममा प्रभास र अनुष्काको जोडीलाई देख्न पाउँदैछन् । अनुष्का र प्रभासको एक तेलुगू फिल्म चाँडै नै हिन्दीमा रिलिज हुँदैछ ।

प्रभास र अनुष्का अभिनित फिल्म ’बिल्ला’ २००९ मा तेलुगूमा रिलिज भएको थियो । फिल्मको तेलुगू भर्जन सुपरहिट भएको थियो । उक्त फिल्ममा अनुष्का शेट्टीको एक अलग अवतार देख्न पाइनेछ भने फिल्ममा प्रभास डबल रोलमा देखिनेछन् । उक्त फिल्मको हिन्दी भर्जनको नाम ‘द रिर्टन अफ रिवेल २’ हुनेछ ।

हालै सार्वजनिक भएको फिल्म द’ रिर्टन अफ रिवेल २’ को ट्रेलर तलको लिंकमा हेर्न सकिनेछ ।

prabhas and anushka

विशेष