मनोरञ्जन

‘हट मम्मी’ करिना कपूर बायोपिकमा देखिदैँ

‘हट मम्मी’ करिना कपूर बायोपिकमा देखिदैँ

जेठ २० । एकपछि अर्को गर्दै बलिउड कलाकार बायोपिकमा देखिन थालेका छन् । यतिबेला बलिउड अभिनेत्री करिना कपूर अब चाँडै नै कसैको बायोसिपकमा देखिँदै छिन् ।

हाल फिल्म ‘वीरे दी वेडिङ’ को सुटिङमा व्यस्त रहँदै आएकी करिना कसको बायोपिकमा देखिने भन्ने कुरा भने तय भइसकेको छैन । हिट बायोपिक्सका लागि कहलिएका ओमंग कुमारले आफ्नो आगामी फिल्ममा करिनालाई अनुबन्ध गरेको बताइएको छ । यसअघि पनि ओमंगकुमारले ‘मेरी कोम’ र ‘सरबजीत’ जस्ता सफल बायोपिकको निर्माण गरिसकेका छन् ।

केही समयअघिमात्र छोरालाई जन्म दिएकी करिना फेरि काममा लागि सकेकी छिन् । त्यसकारण पनि यतिबेला बलिउडमा ‘हट मम्मी’ भनेर उनको चर्चा चुलीएको छ । आमा भएपछि यो करिनाको दोस्रो फिल्म हुनेछ ।

kareena kapoor

विशेष