अर्जेन्टिनाका नयाँ प्रशिक्षक र मेस्सी दुबै उत्साहित
जेठ २० र्जेन्टिनाका नवनियुक्त प्रशिक्षक जर्ज साम्पाओलीले मेस्सीबाट उत्कृष्ट प्रदर्शन निकाल्नु र २०१८ को विश्वकपका लागि छनोट हुनु आफ्नो मुख्य चुनौती भएको बताएका छन् ।
५७ वषर्ीय साम्पाओलीले हाले मात्र आफ्नो देशको टिमको प्रशिक्षकमा नियुक्त भएका हुन् । त्यसअघि उनले सेभियाका प्रशिक्षक थिए ।
बार्सिलोनाका फवार्ड मेस्सीले भने २०१६ को जुनमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए । तर, दुई महिनापछि आफ्नो घोषणा फिर्ता लिए ।
साम्पाओलीले भनेका छन्, ‘मैले मेस्सीसँग कुरा गरे । हामी दुबै उत्साहित छौं ।’
मेस्सीले ११७ खेलमा ५८ गोल गरेका छन् । तर, १९७८ र १९८६ को विश्व च्याम्पियन अर्जेन्टिना अहिले रुस विश्वकपको दक्षिण अमेरिकी छनोटको छैटौं नम्बरमा छ । अब उसले उरुग्वे, भेनेलुएला, पेरु र इक्वेडरसँग खेल्न बाँकी छ ।